निजी सम्पत्ति (PRIVATE PROPERTY) भागबण्डा लाग्छ वा लाग्दैन ? नेपालकाे कानुनमा के–के व्यवस्था छ ?

सम्बन्धित कानुनःमुलुकी देवानी संहिता, २०७४

निजी सम्पत्ति भन्नाले कस्तो सम्पत्ति हो ?
मुलुकी देवानी संहिता, २०७४ को दफा २५६ को उपदफा (१) मा निजी सम्पत्तिलाई निम्न बमोजिम व्याख्या गरिएको छ ।
“कुनै व्यक्तिको नाममा रहेको देहायका कुनै सम्पत्ति वा त्यसबाट बढे बढाएको सम्पत्ति त्यस्तो व्यक्तिको निजी सम्पत्ति मानिनेछ”:–
(क) आफ्नो ज्ञान, सीप वा प्रयासबाट आर्जन गरेको,
(ख) दान, बकस वा अपुताली स्वरुप प्राप्त गरेको,
(ग) चिठ्ठा वा उपहार स्वरुप प्राप्त गरेको,
(घ) पारिश्रमिक, उपदान, निवृत्तभरण, उपचार खर्च, सञ्चय कोष, बीमा वा अन्य सामाजिक सुरक्षण बापत प्राप्त गरेको,
(ङ) बौद्धिक सम्पत्ति वा रोयल्टी स्वरुप प्राप्त गरेको,
(च) कानून बमोजिम मानो छुट्टिई भिन्न बसेको अवस्थामा वा त्यसरी मानाे नछुट्टिए पनि खति उपति आफ्नो आफ्नो गरी खानु बस्नु गरेको अवस्थामा जुनसुकै तवरले प्राप्त गरेको,
(छ) महिलाले विवाह पूर्व आर्जन गरेको, प्राप्त गरेको वा विवाह हुँदाका बखत माइतीबाट प्राप्त सम्पत्ति वा त्यसबाट बढे बढाएको,
(ज) महिलालाई पति वा पति तर्फका सबै अंशियारहरुको मञ्जुरीले निजको एकलौटी हक हुने गरी लिखत गरी दिएको वा पति तर्फका नातेदार वा इष्टमित्रबाट प्राप्त चल वा अचल सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति,
(झ) कानून बमोजिम कुनै व्यक्तिको मात्रै निजी सम्पत्ति हुने उल्लेख गरेको ।

निजी सम्पत्ति भागबण्डा लाग्छ वा लाग्दैन ?-मुलुकी देवानी संहिता, २०७४ को दफा २५६ को उपदफा (२) मा, “कुनै पनि व्यक्तिले आफ्नो निजी सम्पत्ति यस संहिताको अधीनमा रही आफुखुसी गर्न पाउनेछ” भन्ने व्यवस्था गरेको छ ।
-तसर्थ, आफुखुसी गर्न पाउने भएको हुँदा निजी सम्पत्ति भागबण्डा गर्नु पर्दैन, भागबण्डा लाग्दैन ।
-सगोलको सम्पत्ति भागबण्डा लाग्छ ।

सगोलको सम्पत्ति भन्नाले कस्तो सम्पत्ति हो ?मुलुकी देवानी संहिता, २०७४ को दफा २५७(१), “सगोलको सम्पत्तिलाई सगोलका अंशियारहरु मध्ये जुनसुकै अंशियारको नाममा रहेको भएपनि देहायको कुनै सम्पत्ति वा त्यसबाट बढे बढाएको सम्पत्तिलाई सगोलको सम्पत्ति मानिनेछ” :–
(क) पुर्ख्याैलीबाट प्राप्त सम्पत्ति,
(ख) निजी सम्पत्ति बाहेक अंशियारको नाममा रहेको अन्य सम्पत्ति,
(ग) अंशियारले सगोलको खेति, उद्योग, व्यापार, व्यवसायबाट आर्जन गरेको वा सोबाट बढे बढाएको सम्पत्ति ।

निजी सम्पत्ति धनीको मृत्यु पश्चात त्यस्तो सम्पत्तिमाथि कसको हक कायम हुन्छ ?कुनै व्यक्तिको मृत्यु भएमा निजको अपुताली खुला भएको मानिने व्यवस्था यस संहिताको दफा २३७ मा गरिएको छ । सो व्यवस्था अनुसार कुनै व्यक्तिको मृत्यु भएमा त्यस्तो व्यक्तिको सम्पत्ति निजको नजिकको हकवालाले अपुताली पाउने छ ।

Disclaimer: This writing is prepared to share general information only and for legal purposes, advice of legal professionals is must. 

RELATED PROFESSIONALS: 

  • ADVOCATE AJAYA SHRESTHA
  • ADVOCATE PRABIN SHRESTHA

FOR DETAIL INFORMATION:

Worldwide Legal Service

Anamnagar, Kathmandu

Phone: +977-9841095964, 

Mail to: [email protected]

[email protected]